
The Himalayan Futsal Gold Cup 2083 is a high-energy 5-A-Side futsal tournament bringing together competitive teams and talented players for an exciting battle on the futsal court. With Rs. 3,00,000 for the winner, along with attractive prizes for the runner-up, fair play team, best player, best keeper, best manager, best coach, and emerging player, the tournament aims to celebrate competition, teamwork, and emerging futsal talent.
नियम १ : प्रारम्भिक क) यस प्रतियोगिताको नाम ३औँ Himalayan Futsal Gold Cup–२०८३ रहनेछ। ख) यस प्रतियोगिताको आयोजक हिमालयन फुटबल क्लब हुनेछ। प्रतियोगिताको सम्पूर्ण सञ्चालन तथा प्राविधिक व्यवस्थापनको जिम्मेवारी आयोजक क्लबले वहन गर्नेछ। ग) प्रतियोगिताका सम्पूर्ण खेलहरू Royal Nepal Futsal, Pepsicola खेल मैदानमा सञ्चालन हुनेछन्। घ) प्रतियोगिताका सम्पूर्ण खेलहरू असोज ८–९, २०८३ (२४–२५ सेप्टेम्बर २०२६) मा सम्पन्न गरिनेछ। ङ) प्रतियोगिताको सञ्चालन, व्यवस्थापन, खेल तालिका प्रकाशन तथा सहभागितासम्बन्धी सम्पूर्ण अधिकार आयोजक समितिमा रहनेछ। नियम २ : प्रवेश शुल्क तथा कर व्यवस्था क) प्रत्येक सहभागी टिमले प्रतियोगितामा सहभागी हुन रु. १५,०००/- प्रवेश शुल्क अनिवार्य रूपमा तिर्नुपर्नेछ। ख) प्रतियोगिताबाट प्राप्त हुने पुरस्कार राशिमा नेपाल सरकारद्वारा तोकिएको कर (Tax Deduction at Source – TDS) नियमानुसार कट्टी गरिनेछ। नियम ३ : टिम तथा खेलाडी दर्ता क) प्रत्येक सहभागी टिमले बढीमा १० जना खेलाडी र २ जना अफिसियल, गरी जम्मा १२ जनाको नाम दर्ता गर्न सक्नेछ। ख) टिम तथा खेलाडी दर्ता भाद्र ३१ गतेभित्र गराइसक्नुपर्नेछ। ग) दर्ता भइसकेपछि आयोजक समितिको स्वीकृति बिना खेलाडी वा अफिसियल परिवर्तन गर्न पाइने छैन। घ) प्रत्येक खेलाडीले आफ्नो परिचय खुल्ने वैध परिचयपत्र/ID आवश्यक परेको अवस्थामा आयोजक समिति वा रेफ्रीसमक्ष प्रस्तुत गर्नुपर्नेछ। नियम ४ : खेल नियमावली प्रतियोगिताका सम्पूर्ण खेलहरू फुटसलका लागि लागू हुने आधिकारिक FIFA Futsal Laws of the Game, प्रतियोगिता नियमावली तथा आयोजक समितिले जारी गरेका नियमहरूको अधीनमा रही सञ्चालन गरिनेछ। क) प्रतियोगिताका क्रममा उत्पन्न हुने कुनै पनि खेलसम्बन्धी विवाद, निर्णय वा अनुशासन उल्लङ्घनका विषयमा अन्तिम निर्णय गर्ने अधिकार आयोजक समितिमा रहनेछ। ख) खेलका क्रममा कुनै पनि किसिमको हिंसात्मक क्रियाकलाप सह्य हुने छैन। यस्तो व्यवहार गर्ने खेलाडी वा टिममाथि प्रतिबन्ध, जरिवाना वा प्रतियोगिताबाट निष्कासनसमेत गर्न सकिनेछ। ग) रेफ्रीले मैदानभित्र गरेको खेलसम्बन्धी निर्णयलाई सबै टिम, खेलाडी तथा अफिसियलले सम्मान तथा स्वीकार गर्नुपर्नेछ। घ) खेलाडी परिवर्तन (Substitution) फुटसलका प्रचलित नियमअनुसार गरिनेछ। नियम ५ : खेल प्रणाली यस प्रतियोगिता नकआउट (Knockout Format) प्रणालीको आधारमा खेलाइनेछ। प्रतियोगितामा सहभागी टिमहरूलाई समूहमा विभाजन गरी नकआउटको आधारमा खेलहरू सञ्चालन गरिनेछन्। क) खेल निर्धारित समयअनुसार सञ्चालन हुने भएकाले प्रत्येक टिमले तोकिएको Reporting Time मा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। ख) खेल निर्धारित समयमा उपस्थित नभएमा १० मिनेटको समय दिइनेछ। उक्त समयमा पनि उपस्थित नभएमा विपक्षी टिमलाई Walkover मार्फत स्वतः विजेता घोषणा गरिनेछ। नियम ६ : खेल तालिका यस प्रतियोगिताको खेल तालिका आयोजक समितिले निर्धारण गर्नेछ। कुनै आकस्मिक, प्राविधिक, मौसम, मैदान, सुरक्षा वा अन्य अपरिहार्य कारणवश खेल तालिका परिवर्तन गर्नुपर्ने भएमा सोको अधिकार आयोजक समितिमा निहित रहनेछ। आयोजक समितिले निर्धारण गरेको खेल तालिका सहभागी टिमहरूका लागि मान्य तथा स्वीकार्य हुनेछ। निर्धारित वा संशोधित खेल तालिकामा कुनै वादविवाद वा विरोध गर्न पाइने छैन। नियम ७ : खेल अवधि तथा निर्णय प्रक्रिया प्रतियोगिताको प्रत्येक खेल १०/१० मिनेटको दुई हाफ, जम्मा २० मिनेट खेलाइनेछ। मध्यन्तरमा ५ मिनेटको विश्राम दिइनेछ। क) निर्धारित २० मिनेटको खेल समयमा खेल बराबरी भएमा सिधै पेनाल्टी सुटआउट (Penalty Shootout) मार्फत विजेता निर्धारण गरिनेछ। ख) पेनाल्टी सुटआउटसम्बन्धी प्रक्रिया प्रचलित फुटसल नियमअनुसार सञ्चालन गरिनेछ। नियम ८ : जर्सी तथा खेल सामग्री प्रत्येक टिमले अनिवार्य रूपमा नम्बर अंकित टिम जर्सी लगाउनुपर्नेछ। प्रत्येक खेलाडीले बुट, शिनप्याड तथा आवश्यक खेल सामग्री अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। क) दुई टिमको जर्सीको रङ मिल्न गएमा आयोजक समितिको निर्देशनअनुसार सम्बन्धित टिमले वैकल्पिक जर्सी/Bib प्रयोग गर्नुपर्नेछ। नियम ९ : ग्राउन्ड रिपोर्टिङ प्रत्येक टिमले खेल सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगाडि मैदानमा रिपोर्ट गर्नुपर्नेछ। क) टिमले खेल सुरु हुनुअघि खेलाडीहरूको Starting Line-up तथा Substitute खेलाडीहरूको विवरण आयोजक समिति/Match Official समक्ष बुझाउनुपर्नेछ। नियम १० : औषधि उपचार व्यवस्था यस प्रतियोगिताको दौरान कुनै पनि खेलाडीलाई मैदानभित्र खेल खेल्दा चोटपटक लागेमा वा दुर्घटना भएको अवस्थामा आयोजक समितिले प्राथमिक उपचार मात्र उपलब्ध गराउनेछ। नियम ११ : पारदर्शिता तथा निष्पक्षता क) सबै खेलहरूको निर्णयका लागि अनुभवी, निष्पक्ष तथा प्रमाणित रेफ्री/निर्णायक नियुक्त गरिनेछ, जसको व्यवस्थापन आयोजक समितिले गर्नेछ। ख) रेफ्री/निर्णायकको निर्णय अन्तिम हुनेछ र सबै टिम, खेलाडी तथा अफिसियलले स्वीकार गर्नुपर्नेछ। ग) Yellow Card / Red Card प्राप्त गरेमा अनिवार्य रूपमा जरिवाना तिर्नुपर्नेछ। Yellow Card जरिवाना : रु. ५००/- Red Card जरिवाना : रु. १,०००/- घ) प्रतियोगिताभरि पारदर्शिता, निष्पक्षता तथा खेल भावनालाई मुख्य प्राथमिकतामा राखिनेछ। नियम १२ : Protest / Appeal क) खेलाडीको योग्यता, गलत खेलाडी, नियम उल्लङ्घन वा अन्य प्राविधिक विषयमा कुनै टिमले औपचारिक Protest गर्नुपर्ने भएमा खेल सकिएको ३० मिनेटभित्र आयोजक समितिमा लिखित रूपमा जानकारी गराउनुपर्नेछ। ख) आवश्यक प्रमाण तथा सम्बन्धित कागजातसहित पेश गरिएको Protest मात्र विचार गरिनेछ। ग) Protest सम्बन्धी अन्तिम निर्णय आयोजक समिति/Technical Committee को हुनेछ। 🏆 पुरस्कार तथा प्रमाणपत्र १. प्रथम पुरस्कार रु. ३,००,०००/- + सिल्ड (१० जना खेलाडी + २ जना अफिसियल) २. द्वितीय पुरस्कार रु. १,००,०००/- + सिल्ड (१० जना खेलाडी + २ जना अफिसियल) ३. अनुशासित टिम रु. २०,०००/- + सिल्ड ४. उत्कृष्ट खेलाडी रु. १५,०००/- + सिल्ड ५. उत्कृष्ट गोलरक्षक रु. १०,०००/- + सिल्ड ६. उत्कृष्ट म्यानेजर रु. ५,०००/- + सिल्ड ७. उत्कृष्ट कोच रु. ५,०००/- + सिल्ड ८. उदयीमान खेलाडी रु. १०,०००/- + सिल्ड “प्रतियोगिता केवल जित र हारको विषय मात्र होइन; यो अनुशासन, सम्मान, मित्रता, Fair Play तथा खेल भावनाको उत्सव हो।” “प्रतियोगितालाई सफल, भव्य तथा अनुशासित रूपमा सम्पन्न गर्न सम्पूर्ण टिम, खेलाडी, अफिसियल तथा समर्थकहरूको सहयोग, अनुशासन र उच्च खेलभावनाको अपेक्षा गरिन्छ।” धन्यवाद ! 🙏 सम्पर्क: Mr. Sandip: 9862239116 Mr. Prem: 9849162176
Once the team registration is confirmed and the official Tie-Sheet is published, the registration fee will be strictly non-refundable under any circumstances.
Equipment: Each team must wear a numbered team jersey. Players must use appropriate futsal footwear and shin guards. If both teams have similar jersey colors, the team instructed by the Organizing Committee must use an alternative jersey/Bib.
Venue rules: All teams must report to the venue at least 1 hour before their scheduled match. Teams must submit their Starting Line-up and Substitute Player details to the Organizing Committee/Match Official before the match. All participants must follow the instructions of the Organizing Committee, Match Officials, and venue management.